गृहमन्त्रीको साईँला भाईलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

Diyo post  

काठमाडौँ, असोज १ । गृहमन्त्रीका साइँला भाई नरेश थापालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । बुधबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गर्न आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख धरौटीमा छाड्न आदेश गरेको हो । अन्य प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश गरिएको छ ।

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।

अपराधिक लाभ र संगठित अपराध गरेको आरोपमा गत भदौ २६ गते उनलाई पक्राउ गरिएको थियो । निर्माण व्यवसायी शरद कुमार गौचन हत्याका आरोपी समिरमान बस्नेतसँग साँठगाठ गरि राजधानीमा फिरौती र चन्दा आतंक बढाएको भन्दै सिआइविले नरेशलाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।

प्रहरीसँग वयानको क्रममा नरशले समिरमानसँग आफ्नो भेट नभएको र चिनजान समेत नभएको बताएका छन् । ठोस प्रमाण नभेटिएपछि उनलाई धरौटीमा रिहा गरिएको हो । यद्यपी प्रहरीले उनको बारेमा थप अनुसन्धान गरि प्रमाण जुटाउने कोशिस गरिरहेको छ ।

सम्बन्धित खबर