सङ्घीय संसद्को चालू अधिवेशन आज अन्त्य हुँदै

दियो पोस्ट  

काठमाडौँ, असोज २ । सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको बताए । योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए । सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए ।

TATA ADD