असोज तीन:कालो दिन- आदिवासी जनजातीद्वारा संबिधानको बिरोध

दियो पोस्ट  

काठमाडौँ । सरकारले संबिधान दिवसलाई हर्सोल्लासका साथ मनाइरहँदा जनजाती तथा पिछडीएका समुदायले भने संबिधानको बिरोध गरेका छन् । नेपालको संबिधान २०७२ मा आदिवासी जनजाती, मधेसी, थारू, मुस्लिम, लिम्बुवान तथा पिछडीएका समुदायको अधिकार सुनिश्चित नभएको भन्दै उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने भएका हुन् ।

आलिबासी जनजातीहरुले आफ्नो पहिचानका लागि संविधान निर्माण कार्य देखि नै आन्दोलन तथा संघर्ष गर्दै आएको भए पनि संबिधानले आफुहरुको अधिकारलाई कुण्ठित गरेको उनीहरुको आरोप छ । २०७२ असोज ३ गते राज्यले आफुहरुलाई गिरफ्तार गरि नेपालको संविधान घोषणा गरिएको भन्दै उत्पीडित जनताको निम्ति असोज तीन कालो दिन भएको उनीहरुको भनाई छ ।

आदिवासी जनजाती, मधेसी, थारू, मुस्लिम, लिम्बुवान तथा पिछडीएका समुदायले आज कालो दिनको रुपमा मनाउनका लागि बसन्तपुरबाट बृहत बिरोध र्याली प्रदर्शन गर्ने भएका छन् । उक्त कार्यक्रमलाई दलित समुदायले पनि ऐक्यवद्धता जनाउने भएका छन् । शिल्पी समुदायलाई दलित बनाउने सुद्र अछुत बनाउने तथा मनुस्मृती र नेपालको संविधान २०७२ घोषणा दिन कालोदिन नै हो भन्दै आफुहरुले पनि संबिधानको बिरोधमा उत्रिएको समाजवादी पार्टीका दलमर्दन कामीले जानकारी दिए । उनले भने, “शिल्पी समुदाय माथि लादिएको तथाकथित उपेक्षित,दलित तथा उत्पीडित समुदायका बिरुद्धमा यो संबिधान जारी भएको, हामीले आजको दिनलाई कालो दिनका रुपमा बुझेका छौँ ।”