अति विशिष्ठ व्यक्तिले प्रयोग गर्ने डेढ अर्वको हेलिकप्टर काठमाडौँ आइपुग्यो

दियो पोस्ट  

काठमाडौँ, असोज २ । सरकारले अति विशष्ठ व्यक्ति भीभीआइपीका लागि भन्दै खरिद गरेको हेलिकप्टर काठमाडौँ आइपुगेको छ ।

उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलस्रोतले जनाएको छ । १ अर्ब ४० करोड रुपैयाँमा खरिद गरिएको हेलिकोप्टरको क्षमता ८ सिट रहेको छ।

नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुनेछ।

इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भए पनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणको रहनेछ। यो हेलिकोप्टर सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति लिनुपर्नेछ।