काठमाडौं, असोज ४ । नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राईले आइप्लेक्स मलमा फ्रि स्टाइल स्पोर्टस एन्ड क्याजुयल वेयरको उद्घाटन गरेकी छिन् ।
उदघाटन भएसँगै विश्व चर्चित स्पोट्र्स वेयर कम्पनिको खेलकुद पोशाक र अन्य पोशाकहरु एकै ठाउमा पाईने भएको छ ।
नयाँ बानेश्वरस्थित आईप्लेक्स मलमा चर्चित पाँच ब्राण्डको पोशाक पाउने गरि फ्रि स्टाईल स्पोर्टस एन्ड क्याजुयल वेयर संचालनमा ल्याईएको कराँते र साइक्लिङका पूर्व खेलाडी समेत रहेका संचालक दावा तामाङले बताए ।
फ्रि स्टाईलमा एक्स्टेप,इरिक, एलबिडि, क्यालिबर र हम्बल डेनीभ ब्राण्डका सामग्री पाईने छ ।
फ्रि स्टाईलको उद्घाटनपछि बोल्दै संचालक तामाङले खेलाडीलाई उपयुक्त हुनेगरि पसल संचालनमा ल्याएको बताए । आफू एक पूर्व खेलाडीको हैसियतले खेलाडीलाई उपयुक्त हुने सामग्ररीहरु राखेको भन्दै उनले अरु सामान पनि पाइने बताए ।
यस्तै उनले खेलाडीलाई केहि प्रतिशत छुट समेत रहेका बताए । तामाङले मिरालाई स्वरुमको ब्राण्ड एम्बेसडर बनाउने सोच बनाएको पनि बताए ।
उद्घाटन समाराेहमा मिरा राइ र दावा लामाका प्रशिक्षक तथा बालाजु कराँते डाे प्रतिष्ठान अध्यक्ष तथा प्रमुख प्रशिक्षक धुर्व विक्रम मल्लकाे सहभागीता थियाे ।