साफ यू १८ च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

दियो पोस्ट  

साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने छ ।

सन् २०१५ देखि आयोजना हुँदै आएको साफ यू–१८ फुटबलमा दुवै संस्करणको उपाधि नेपालले जितेको छ भने तेस्रो पटक उपाधि जित्ने अभियानमा रहेको नेपाललाई भुटानविरुद्ध सहज जित आवश्यक पर्ने छ ।

पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपाललै नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । नेपालले सन् २०१७ मा भएको दोस्रो संस्करणमा पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको थियो ।

 

सम्बन्धित खबर