इलाम, असोज ५ । इलाम कारागारमा रहेका ७६ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । उनीहरु एकैसाथ विरामी भएपछि उपचारमा समस्या भएको छ ।
७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका कारागारले जनाएको छ । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको छ ।
कारगार प्रमुख प्रदिप श्रेष्ठका अनुसार एकैपटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको छ ।
सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जनाएको छ ।