दशैका लागि अग्रिम टिकट बुकिङ आजदेखि, नयाँ बसपार्कमा भीड

दियोपोस्ट संवाददाता

काठमाडौँ, असोज ५ । सरकारले दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि आजदेखि टिकट बुकिङ खुल्ला गरेको छ । टिकट बुकिङ खुल्ला भएसँगै आइतबार नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबाहिल लगायतका स्थानमा सर्वसाधारणहरुको भिड लागेको छ ।

हरेक बर्ष दशैँमा निकै ठुलो सँंख्यामा मानिसहरु राजधानी छोड्छन् । यस बर्ष पनि करिब ३० देखि ३५ लाख मानिसहरुले काठमाडौँ छोड्ने अनुमान छ । सार्वजनिक सवारी साधनहरु सिमित भएको कारण दशैँका लागि अग्रिम टिकट बुकिङ गर्नुपर्ने स्थिति आएको हो ।

लामो दुरिका लागि टिकट बुकिङ खुलेपनि छोटो दुरिका लागि भने केही दिनपछि मात्र खोलिने छ । दशैँका लागि टिकट काउन्टर खुलेपछि फुर्सदमा बसेका कर्मचारीहरुको कार्यव्यस्तता ह्वात्तै बढेको छ ।

सम्बन्धित खबर