बैँक अफ काठमाण्डुका तात्कालिन सिइओ सहित ११ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, असोज ५ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैँक अफ काठमाण्डुका तत्कालीन सिइओ अजय श्रेष्ठसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । नक्कली धितो देखाएर बैँकबाट ऋण लिएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा बैँकका कर्मचारीहरु शुष्मा शाह, बिक्रम पन्त, किरण बोहरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेका छन् । नक्कली धितो देखाएर ऋण लिने ब्यक्ति सुरेन्द्र श्रेष्ठ रहेका छन् । सुरेन्द्रले नक्कली धितो देखाएर पाँच करोड ऋण लिएका थिए ।

खोलाको जग्गामा धितो राखेर ऋण प्रवाह गराउनका लागि बैँकका कर्मचारीहरुले मिलेमतोमा काम गरेका थिए । त्यति ठुलो रकम प्रवाह गराउनका लागि सिइओको समेत मिलेमतो हुन सक्ने भन्दै सिआइबीले उनलाई पक्राउ गरेको हो ।

उनिहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

TATA ADD