काठमाडौं । २०६२/०६३ मा दलित मुक्ति आन्दोलनलाई सशक्त र एकीकृत रुप दिनका लागि बनाइएको दलित नागरिक आन्दोलन केही समय सुस्त रहे पनि यसलाई पून: निरन्तरता दिइएको छ । नयाँ संबिधानने पनि दलितका मुद्धालाई संवोधन गर्न नसकेको भन्दै दलित आन्दोलन तात्न थालेपछि सो खुल्ला फोरमलाई फेरि सक्रिय बनाइएको हो ।
लामो समयदेखि दलित मुक्ति आन्दोलनमा सकृय युवा सहेक विश्वकर्मा दलित नागरिक आन्दोलनको संयोजक चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा विश्वकर्माको नेतृत्वमा ४५ सदस्य लुज फोरम बनाइएको छ । बिश्वकर्मा बिगत लामो समयदेखि दलित आन्दोलनमा सक्रिय छन् ।
बिश्वकर्माको संयोजकत्वमा निर्माण गरिएको फेरममा अन्जान परियार, भद्रमान मोते, रघु परियार, दिनेश परियार, धिरज गौतम, रामलाल बिश्वकर्मा, राजेश नेपाली, जागृत पहाडी, मिलन बिश्वकर्मा, दिपक बिश्वकर्मा, देबेन्द्र रसाइली, बिबेक बिश्वकर्मा, सुमन सेनचुरी, रमेश रसाइली, पुजन गन्धर्व, केदार गन्धर्व, युबराज दर्नाल, पुरण दर्नाल, संदेश बिश्वकर्मा, रीता सुनार, शान्तराम घतानी (प्रदिप), राधेश्याम बिश्वकर्मा, लिलाराज सुनार, लक्ष्मी घतानी, प्रेम बिश्वकर्मा, इश्वर सुनार, हरि रसाइली, होम बिश्वकर्मा, गणेश लुहार, सरोज लामगादे, रितेश सेनचुरी लगायत छन् ।
यसको सल्लाहकारमा बिनोद पहाडी, गणेश बिश्वकर्मा (प्रबास), दलमर्दन कामी, बिजुल बिश्वकर्मा, कमला बिश्वकर्मा, धनकुमारी सुनार, गोबिन्द नेपाली, नारायण परिश्रमी, केशबहादुर परियार, कमला हेमचुरी रहेका छन् । यसअघि विनोद पहाडीको संयोजकत्वमा दलित नागरिक आन्दोलन गठन गरिरएको थियो ।
दलित नागरिक आन्दोलन दलित समुदायको हकअधिकार स्थापित गर्न बिभिन्न समयमा शान्तिपूर्ण आन्दोलनहरु संचालन गर्दै आएको र देश राजनीतिक रुपमा आमुल परिवर्तन भई लोकतान्त्रिक गणतन्त्र स्थापना भै सकेको मुलुकमा नेपाली दलित समुदायलाई कुनै पनि परिवर्तनले छुन नसकेकाले पछिल्लो समय दलित नागरिक आन्दोलनको आवश्यकता खड्किएको संयोजक बिश्वकर्माले बताए ।
देशका विभिन्न भागमा जातीयताको आधारमा छुवाछुतजन्य ब्यबहार ज्यूँका-त्यूँ हुनु र दलित भएकै कारण ज्यानसमेत गुमाउनुपरेको उनको भनाई छ । भन्छन्, “राज्य द्वारा संविधान प्रदत्त अधिकारहरु बिस्तारै बिस्तारै कटौती गरिएको छ, यस्तो अवस्थामा दलित समुदायको हकअधिकार सुनिश्चितताको लागि ससक्त संघर्ष गर्नुपर्ने भएकाले फेरि दलित नागरिक आन्दोलनलाई सक्रिय बनाउनु परेको हो ।”