प्रचण्ड भन्छन्, ‘समाजवाद पुरा गर्न अर्कै आन्दोलन र ताकतवर फौज चाहिएको छ’

दियो पोस्ट  

काठमाडौँ, असोज ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नेकपा कम्युनिस्ट विचारधाराबाट स्खलित हुँदै गएको बताएका छन् । नेतृ सहाना प्रधानको स्मृतीसभामा बोल्दै अध्यक्ष दाहालले वर्तमान समयमा नेकपा साँच्चिकै कम्युनिस्ट पार्टी नै हो कि होइन भन्ने विषयमा प्रश्न उठेको बताए ।

उनले पार्टीले घोषणा गरेको समाजवादको लक्ष्य पुरा गर्नका लागि देशमा छुट्टै आन्दोलनको आवश्यकता रहेको औँल्याएका छन् । नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको भएतापनि पार्टी अर्कै तरिकाले अघि बढ्न लागेको बताएका छन् ।

‘जुनबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्यौँ, शासन सत्तामा पुग्यौँ कताकता हामी आदर्श , बिचार र निष्ठाबाट विस्तारै थाहै नपाई स्खलित हुँदे जाने प्रक्रिया शुरु भयो’, अध्यक्ष दाहालले भने , ‘नाम त कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट पार्टी जस्ता छौँ त ?’

अध्यक्ष दाहालले आदर्श त्यही भएपनि मिसन र अभियान नभएको औँल्याएका छन् । ‘हामी हिजो आदर्श भन्थ्यौँ, आज त्यही आदर्शमा छौँ तर हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ ।’ अर्को मिसन र अभियानका लागि सम्पुर्ण ताकत लगाउने फौज समेत चाहिएको प्रचण्डले बताएका छन् । त्यसो हुन नसके नेपाली कम्युनिस्ट पार्टीको पनि पुर्वी यूरोपका कम्युनिस्टको जस्तो हालत हुने बताए ।

TATA ADD