पिशाव थैलीको अपरेशन गर्दा ओम अस्पतालमा मृत्यु भएकी अनिताको घाँटीमा चोट !

दियो पोस्ट  

काठमाडौं, ६ असोज । ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी अनिता गुरुङको घाँटीमा चोट लागेको तस्विर फेला परेको छ ।


पिशाव थैलीको पत्थरीको अपरेशन गर्न राजधानीको चावेलस्थित ओम अस्पताल पुगेकी उनको शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो । २९ वर्षिय गुरुङ हाँस्दै अपरेशन थिएटरमा प्रवेश गरेको भएता पनि अपरेशनका क्रममा चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको पीडित परिवारको आरोप छ ।


दियोपोस्टलाई प्राप्त अनिताको शवको तस्विरमा घाँटीको पछाडी भागमा गहिरो चोट देखिन्छ । तर, एक युरोलोजिष्टका अनुसार पीसाव थैलीको अपरेशन गर्दा घाँटीमा प्लाल पार्ने वा काट्ने कुनै विधि अपनाइने गरेको छैन । यद्धपी उनको घाँटीमा भने गहिरो चोट देखिएपछि पीडित परिवारले अस्पतालप्रति विभिन्न शंका उपशंका गरेका छन् ।


धादिङकी गंगा जमुना गाउँपालिका–३ घर भएकी अनिता शुक्रबार हिँडेरै अस्पताल पुगेकी थिइन् । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले उनको अपरेशन गरेका थिए । पीडित परिवारले चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै आन्दोलन गरेपछि अस्पतालले २० लाख रुपैयाँ मृतकको श्रीमानलाई दिएपछि शव बुझने सहमति भएको स्रोतले जानकारी दिएको छ ।


हिजो आइतबार नै शव बुझेर उनीहरु धादिङ तर्फ हेलिकोप्टरमा पुगेका थिए । मृतकका श्रीमानले श्रीमतीको पोस्टमार्टम समेत गर्न अस्विकार गरेको जनाइएको छ । पोस्टमार्टम नगरी गुम्दीमा सोमबार नै दाहसंस्कार गरिएपछि परिवारमा समेत विवाद बढेको छ ।

यो पनि

BREAKING :: ‘चिकित्सकको लापरबाही’का कारण ओम अस्पतालमा फेरी अर्को विरामीको मृत्यु !