BREAKING :: ‘चिकित्सकको लापरबाही’का कारण ओम अस्पतालमा फेरी अर्को विरामीको मृत्यु !

Diyo post  

काठमाडौं, ४ असोज । राजधानीको चावेलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीका कारण फेरी एक जना विरामीको मृत्यु भएको छ ।
धादिङको गंगा जमुना गाउँपालिका ३ घर भएकी अनिता गुरुङको साधारण पिसाव नलीको अपरेशनका क्रममा मृत्यु भएको हो ।


अनिताका देवर सन्तोष गुरुङका अनुसार शुक्रबार सामान्य अवस्थामा हिँडेरै अस्पताल पुगेकी अनिताको अपरेशनकै क्रममा मृत्यु भएको हो । ‘अपरेशनमा चिकित्सकको लापरबाहीको कारण भाउजुलाई गुमाउनु पर्यो,’ सन्तोषले दियोपोस्टसँग भने,‘हामीले शव बुझेका छैनौँ ।’


विरामीका आफन्तका अनुसार अड्कीको स्टोन निकाल्ने क्रममा मुटुले काम गर्न छाडेको भन्दै मृत्यु भएको घोषणा गरिएको थियो ।

२९ वर्षिया अनिताको विगतमा कुनै स्वास्थ्य समस्या नभएको समेत परिवारले जानकारी दिएको छ । विरामी भर्नाको क्रममा पनि चिकित्सकले विरामीको अवस्था सामान्य रहेको बताएको विरामीका अफन्तले बताए ।


डा. भोलाराज जोशीले विरामीको अपरेशन गरेको परिवारले जनाएको छ ।


यस अघि पनि ओम अस्पतालमा चिकित्सककै लापरबाहीका कारण पटक विरामीको मृत्यु भएको भन्दै तनाव हुने गरेको छ ।

यस विषयमा अस्पतालका प्रतिनिधि विनोद अधिकारीलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर