रोनाल्डो र भ्यान डाइकलाइ पछि पार्दै मेस्सी बने फिफाको उत्कृष्ट बर्ष खेलाडी, महिलातर्फ रोपिनो उत्कृष्ठ

Diyo post  

काठमाडौँ, असोज ७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई उत्कृष्ठ बर्ष खेलाडीको उपाधी प्रदान गरेको ट । उपाधी होडमा रहेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र डच डिफेन्डर भर्जिल भ्यान डाइकलाई पछि पार्दै मेस्सीले उपाधी जितेका हुन् ।

मेस्सीले बार्सिलोनाबाट अघिल्लो सिजनको लालिगा च्याम्पियनसिप जितेका थिए भने च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

यस्तै महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड अमेरिकी खेलाडी मेगन रोपिनोले जितिन् । उनले ओलम्पिक लियनोबाट खेल्ने इंग्लिस खेलाडी लुसी ब्रोन्ज र ओर्लाण्डो प्राइडबाट खेल्ने अमेरिकी खेलाडी एलेक्स मोर्गन पार्दै अवार्ड जितेकी हुन् । अमेरिकालाई हालै सम्पन्न महिला विश्वकपको उपाधि जिताउन उनको भुमिका महत्वपूर्ण थियो ।

पुरुष प्रशिक्षक तर्फको उपाधि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन् । उनले म्यान्चेष्टर सिटीका पेप गार्दियोला र टोटनह्यामका माउरिसियो पोचेटिनोलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भए । उनले १४ वर्षपछि पहिलो पटक लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

महिला टिमको प्रशिक्षकको उपाधि अमेरिकी प्रशिक्षक लिज इलिसले जितिन् । उनले इंग्ल्याण्ड राष्ट्रिय टिमका प्रशिक्षक फिल नेभिल्ले र नेदरल्याण्ड राष्ट्रिय टिमकी प्रशिक्षक सारिना विगम्यानलाई पछि पारेकी थिइन् । उनले अमेरिकालाई दुई पटक महिला विश्वकपको उपाधि जिताउन सफल भएकी थिइन् ।

वर्षको उत्कृष्ट गोलकिपरको उपाधि लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसनले जिते । उनले म्यान्चेष्टर सिटीका ब्राजिलियन गोलकिपर एडरसन र बार्सिलोनाका जर्मन गोलकिपर मार्क एन्द्रे टेर स्टेगेनलाई पछि पारेका थिए ।

यो वर्षको पुस्कास अवार्डको मनोनयनमा परेका बार्सिलोना फरवार्ड लियोनल मेस्सी र हुवान फर्नाण्डो क्वीन्टेरोको गोललाई फिक्का सावित गर्दै ज्सोरीको गोलले पुस्कास अवार्ड पाएको हो ।

सम्बन्धित खबर