कक्षा ११ अन्तर्गत सम्पुर्ण संकायको परीक्षाफल आज प्रकाशन हुने

Diyo post  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्रकाशित गर्ने तयारी गरेको छ ।

परिक्षाफल नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा नतिजा आउट गरिने बोर्डले जनाएको छ ।

बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्रकाशन गर्ने तयारी गरेको छ । बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकाशित हुन्थ्यो भने अन्य संकायका नतिजा त्यसपछि मात्रै सार्वजनिक गरिन्थ्यो ।

गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

सम्बन्धित खबर