काठमाडौँ, असोज ७ । प्रतिवन्धित नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका उपत्यका ब्युरो इन्चार्ज नविन विश्वकर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलिले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका नविन पुर्व राज्यमन्त्री समेत हुन् । तात्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वका सरकारमा उनि स्थानिय विकास राज्यमन्त्री बनेका थिए ।
यसअघि उपत्यका इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका माइला लामा पक्राउ परेपछि नेकपाले नविनलाई उपत्यका ब्युरो इन्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी पाएको एक महिना पनि बित्न नपाउँदै नविन प्रहरी नियन्त्रणमा परेका छन् ।
जनयुद्धमा सक्रिय सहभागिता जनाएका नविन तात्कालिन नेकपा माओवादी फुटेपछि मोहन वैद्य तिर लागेका थिए । मोहन वैद्यको पार्टीबाट विप्लव अलग भएपनि नविन पनि विप्लवतिर लाग्दै सक्रिय भुमिका निर्वाह गरिरहेका थिए ।