काठमाडौँ, असोज ७ । काठमाडौँको न्यूरोडमा प्रहरीले राँगोमाथि गोली चलाएको छ
स्वयम्भुबाट बितण्डा मच्चाउँदै न्यूरोड आइपुगेको अनियन्त्रित राँगोमाथि प्रहरीले गोली चलाएको हो ।
मानिसहरुलाई आक्रमण गरि घाइते बनाउन थालेपछि प्रहरीले गोली हानेर उक्त राँगोलाई मारेको थियो ।
काठमाडौँमा राँगो आतंक भने पुरानै हो । यसअघि पटकपटक राँगो आतंक बाट मानिसहरुको मृत्यृुसमेत भइसकेको छ ।
गत सालको फागुन महिनामा काठमाडौँको चन्द्रागिरिमा राँगो आक्रमणबाट प्रहरी हवलदारसहित ६ जना घाइते भएका थिए ।
राँगोको आक्रमणबाट मानविर महर्जनको मृत्यु भएको थियो । फागुन १४ गते नायब सुब्बा कान्छा श्रेष्ठको पनि राँगोको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रहरीले राँगोलाई नियन्त्रणमा लिनका लागि पटकपटक गोली चलाउनु परेको छ ।