काठमाडौँ, असोज ७ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशन गरेको छ ।
गत जेठमा भएको परिक्षाको नतिजा ४ महिना पश्चात मंगलबार प्रकाशन गरिएको हो । परिक्षामा ५ ला ९ हजार जना विद्यार्थी सहभागी भएका थिए ।
गत बर्षको तुलनामा राष्ट्रिय परिक्षा बोर्डले यो बर्ष कक्षा ११ र १२ को परिक्षाफल चाँडै प्रकाशन गरेको हो ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो बर्ष ए प्लस अर्थात ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्र्थी संख्या २ हजार ३ सय १९ जना रहेका छन् । त्यस्तै ए ग्रेड ल्याउने विद्यार्थी) संख्या १२ हजार ७ सय ७२ जना रहेका छन् । यसैगरि ३.२१ देखि ३.६० जिपिए अर्थात बी प्लस ग्रेडिङमा उत्र्तिण गर्ने विद्यार्थी संख्या ३२ हजार २ सय ५३ जना रहेका छन् भने ५४ हजार ८ सय १४ जना विद्यार्थीले बी ग्रेडमा उत्र्तिण गरेका छन् ।
सी प्लस ग्रेडिङ अर्थात २.४१ देखि २.८० जिपिए प्राप्त गर्ने विद्यार्थी सख्या ८४ हजार २ सय ३९ जना रहेका छन् । त्यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।
