काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको र संविधानको भावना बिपरित विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन काठमाडौंमा कांग्रेसले विरोध प्रदर्शन गरेको जनाईको छ ।