फेक रेस्क्यु नियन्त्रण गर्न सरकारको हटलाईन नम्बर !

Diyo post  

काठमाडौँ, असोज ७ । सरकारले फेक रेस्क्यु नियन्त्रण गर्नका लागि हटलाईन नम्बरको व्यवस्था गरेको छ । पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५ लागु भएदेखि नै हटलाईनको व्यवस्था गरिएको भएतापनि त्यसको पालना भने उत्साहजनक रुपमा नदेखिएको पर्यटन विभागले जनाएको छ ।

मंगलबार पर्यटन विभाग अन्तर्गत होटल तथा पर्वतारोहण शाखाले एक विज्ञप्ती जारी गर्दै पर्यटकको खोजी, उद्धार तथा उपचार गराउँदा अनिवार्य रुपमा शाखा तथा पर्यटक प्रहरीको हटलाईन नम्बर ११४४ अथवा ०१–४२४७०४१ नम्बरमा फोन गरेर जानकारी दिनुपर्ने बताएको छ ।

जानकारी नगराई मनोमानी ढंगबाट खोजी कार्य, उद्धार र उपचार गरिए कानुनअनुसार कारवाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर