साफ यू–१८ फुटबलः भुटान र माल्दीभ्सले गोलरहित बराबरी खेले पछि नेपाल बाहिरियो

दियो पोस्ट  

काठमाडौँ, असोज ७ । नेपाल साफ यु–१८ च्याम्पियनसिपको समुह चरणबाटै बाहिरिएको छ ।

मंगलबार शसस्त्र प्रहरी बलको मैदानमा भुटान र माल्दिभ्सले गोलरहित बराबरि खेलेपछि नेपाल बाहिरिएको हो ।

समुह ए को विजेता बन्दै भुटान सेमिफाइनल प्रवेश गरेको छ भने समुहको उपविजेता बन्दै माल्दिभ्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अघिल्ला दुई संस्करणको विजेता नेपाल यसपटक घरेलु मैदानमै स्तब्ध बन्न पुगेको छ । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपाल भुटानसँग ३–० गोलले पराजित भएको थियो ।

सिफारिस