काठमाडौं । ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।
कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी रकम लुटेको प्रहरीले जनाएको छ ।
असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिबारे प्रहरीले खुलाएको छैन।