काठमाडौँ, असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिका– ७ पोर्ताहामा करेन्ट लागरे तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय होटल संचालक शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन् ।
सँधै बिहानै खुल्ने होटल बुधबार निकै अबेर सम्म पनि नखुलेपछि स्थानीय हेर्न गएका थिए । उनिहरुले होटलको फ्रिज नजिकै तीनै जनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक कामदारको पहिचान भने खुलेको छैन ।
घटनाको सुचना पश्चात इलाका प्रहरी कार्यलय ढल्केबर र जिल्ला प्रहरी कार्यलय धनुषाको टोली घटनास्थल पुगेर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार तीन वटै शवलाई परिक्षणको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।