काठमाडौँ, असोज ९ । कृषि विकास बैँकबाट ५ करोड रुपैयाँ चोरि प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।
महानगरिय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा स्याङजा वालिङका रामकृष्ण भुसाल रहेका छन् । विहीबार उनलाई स्याङजा बाट नै पक्राउ गरिएको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।
काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ ।
यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।