मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन: सम्झौता कार्यान्वयन छिटो गरियोस

Diyo post  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनलाई तीव्रता दिन सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए । एक महिनाअघि प्रधानमन्त्री ओलीले मन्त्रीसँग र मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरेका थिए ।

सम्बन्धित खबर