साफ यु–१८ च्याम्पियनसिको सेमिफाइनल: पहिलो खेलमा भुटान र वंगलादेश भिड्दै

Diyo post  

काठमाडौँ, असोज १० । काठमाडौँमा जारि साफ यु–१८ फुटबल च्याम्पियनसिपमा आजदेखि सेमिफाइनलका खेलहरु शुरु हुँदैछन् ।

पहिलो खेलमा समुह ‘ए’ को विजेता भुटान र समुह ‘बी’ को उपविजेता वंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजेदेखि हलचोकस्थित एपीएफ मैदानमा हुनेछ ।

समूह चरणमा भुटानले नेपाललाई ३–० गोलअन्तरले स्तब्ध तुल्याउँदै समूह विजेता बनेको थियो । उसले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशले भने भारतसँग बराबरी खेलेको थियो भने श्रीलंकालाई पाराजित गरेको थियो ।

सेमिफाइनलको दोस्रो खेलमा भारत र माल्दिभ्स डिड्ने छन् । दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो सेमिफाइनलमा भारत समूहको बी को विजेता र माल्दिभ्स समूह ए को उपविजेताको हैसियतमा सेमिफाइनलमा आमने सामने हुन लागेका हुन् ।

भारतले समूहको पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । माल्दिभ्सले नेपाल र भुटान दुवैसँग गोलरहित बराबरी खेलेको थियो । भारत र माल्दिभ्स दुवैले प्रतियोगितामा अहिलेसम्म एक गोल पनि खाएका छैनन् ।

सम्बन्धित खबर