काठमाडैं, असोज १० । सिंगापुरमा साँझ ५ बजेर १छ मिनेटमा हुने तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली टिममा यो पटक ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा खेल हुनेछ ।
शृंखलाका लागि नेपाली टोलीले बिहीबार तयारीलाई अन्तिम रुप दिइसकेको छ । नेपालले शनिबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ । दुई दिनको अन्तरमा मंगलबार पुनः जिम्बाब्वेसँग र बुधबार सिंगापुरसँग खेल्नेछ ।
त्यसपछि नेपाली टोली पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमान प्रस्थान गर्नेछ ।