काठमाडौं, असोज १० । काठमाण्डौ–नागढुंगा–नौबिसे सडकखण्डको जामले रौतहका एकजना दुबै मृगौला फेल भएका विरामीको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको गएराती थाँक्रे गाउँपालिका २ मा ज्यान गएको हो । दुबै मृगौला फेल भएपछि उनी परिवारसहित काठमाडौं आएका थिए ।
अहिले शाहको शव पोष्टमार्टमको लागि थात्रले गाउँपालिका ६ मा राखिएको प्रहरीले जनाएको छ ।