विप्लवका उपत्यका इन्चार्ज नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान

दियो पोस्ट  

काठमाडौँ, असोज १० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् ।

गत मंगलबार ललितपुरबाट पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । पुर्व राज्यमन्त्री समेत रहेका विश्वकर्मालाई अदालतको आदेशपछि नख्खु कारागार पठाइएको छ ।

विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए । बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।

प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।