काठमाडौँ । नेपाल सरकारका रक्षामन्त्री एंवम् उपप्रधामन्त्री इश्वर पोखरेलले नेपालकोे शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने खालको भएकाले यसमा सु्धार हुनुपर्ने बताएका छन् । शुक्रबार शिवपुरी माध्यमिक बिद्यालय, महाराजगंजको ७१ औँवार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै मन्त्री पोखरेलले अबको शिक्षा उत्पादन, श्रम र रोजगारीसंग गाँसिएको हुनु पर्ने बताए ।
उनले हरेक बिद्यालयमा प्राबिधिक र व्यवसायीक पाठ्यक्रम हुनुपर्ने भन्दै समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन हरेक बिद्यालयले सहयोग गर्नु पर्ने औँल्याए । मन्त्री पोखरेलले भने, “अबका पिडीहरु शैक्षिक बेरोजगार नबनुन्, कुनै न कुनै रोजगारीमा संलग्न होउन्, सीप सिकेर रोजगारी उत्पादन गर्ने कार्यमा सहयोग गर्न सकुन्, यस स्कुलले यो कुरामा जोड दिन सकोस ।”
शिवपुरी माध्यमिक बिद्यालयले ७१ वर्ष पुरा गरेकोमा खुसी ब्यक्त गर्दै मन्त्री पोखरेलले बिद्यालयको उत्तरोत्तर प्रगतीको कामना गरे । उनले भने,“बिद्यालयले ७१ वर्ष पुरा गर्यो । एउटा संस्थाले ७१ वर्ष पुरा गर्नु भनेको चानचुने कुरा होइन । यो विद्यालय यो स्थानसम्म आइपुग्दा सम्म कैयौँ उकाली ओरालीहरु पार गर्न पर्यो, प्रतिकुलता र अप्ठ्याराहरु झेल्न पर्यो । यो स्कुलको आफुनै एउटा लामो इतिहास छ । यो स्कुल जुन ठाउँमा आइपुगेको छ, यसले चुनौतीको सामना गर्दै आइपुगेको हो ।”उनले शिवपुरी बिद्यालयको प्रशंसा गरे ।
सोही निर्वाचन क्षेत्रका उम्मेद्वार समेत रहेका मन्त्री पोखरेलले आफ्नो बिगत कोट्याउँदै भने, “म सुदुर क्षेत्रको मान्छे हुँ । मैले अनेकौँ खालका प्रतिकुलता झेल्दै–झेल्दै यहाँसम्म आइपुगेको छु । मैले शिवपुरी जस्तै राम्रो स्कुलमा पढ्नका लागि केटा केटीदेखि नै रहर गर्थेँ । तर, कारणवस् मैले यती राम्रो बिद्यालयमा पढ्न पाइन, मैले केटाकेटीमै यो बिद्यालयमा पढ्न पाए कस्तो हुन्थ्यो भनेर सोँच राख्थेँ ।” आफुले सो स्कुलमा पढ्न नपाएपनि यस क्षेत्रको प्रतिनिधिका नाताले आफु यस स्कुलमा गहिरो प्रेमभावका साथ आएको उनले बताए ।
त्यस क्षेत्रका जनताले आफुलाई निर्वाचित गरेको भन्दै सो क्षेत्रमा आफुले सधै सहयोग पुर्याउन चाहेको मन्त्री पोखरेलले बताए । यस क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढ्ने इच्छा ब्यक्तगर्दै उनले बिद्यालयले ठोस समस्याको ठोस समाधानका उपयसहित आएको खण्डमा बिद्यालयलाई आफुले सहयोग गर्ने प्रतिवद्धत समेत ब्यक्त गरे । उनले भने, “आउनुहोस् !हामीले के गर्नु पर्छ । हामी गर्न तयार छौँ । यस पटक, २०७६÷०७७ को संसदीय निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगत यो क्षेत्रमा मेरो सहयोग हुनेछ, मैले पूर्ण सहयोग गर्नेछु ।” संसदीय निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्तर्गतको वजेट सार्वजनिक बिद्यालयहरुमा छुट्याउने अठोट गरेको उनले बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष दिपक केसी, प्रदेश सांसद दिपक निरौला, लगायतले मन्तव्य ब्यक्त गरेका थिए भने बिद्यालयका प्रधानाध्यापक दिवाकर दुरदर्शीले बिद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा खेलकुद, नृत्य, हाजिरी जवाफ तथा अन्य प्रतियोगितामा जीत हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गर्नुका सार्थ विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
विद्यालयको बार्षीक उत्सवको केही झलकहरु