काठमाडौं,असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई पाराजित गरेको छ । कप्तान पारस खड्काले कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए । सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।