धादिङ बस दुर्घटनाः घाईतेहरुलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो (फोटोफिचर)

दियो पोस्ट  

धादिङ, असोज १२ । धादिङ बस दुर्घटनाका गम्भिर घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको एन ए ०६१ हेलिकप्टरमार्फत  दुर्घटनामा गम्भिर घाइते भएका नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ६४ बर्षीय दल बहादुर तामाङ, सोही स्थानकी ५५ बर्षीया हस्त माया तामाङ, ४८ बर्षीय चन्द्रा भनिने राजु परियार, ६० बर्षीया शान्तिमाया भनिने सन्तमाया तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएकी नेत्रावती गाउँपालिका–५ की २० बर्षीया लक्ष्मी गुरुङको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताएका छन् ।

आइतबार विहान करिब ८ः३० बजे नेत्रावती गाउँपालिकास्थित सेमजोङबाट सदरमुकाम आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको यात्रुवाहक बस धादिङको निलकण्ठ नगरपालिका १३ करौजामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाका घाइते

प्रहरीले बसका चालक काठमाडौँ महानगरपालिका–३ रामकोटका २६ बर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता खड्काले बताए । सहचालकले चलाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।