काठमाडौं, असोज १२ । सर्लाही जिल्लाको विष्णु्पुर गाउँपालिका अध्यक्ष जवाहरलाल यादवलाई कारवाही गर्न वडाध्यक्षहरुले माग गरेका छन् । आइतबार रिपोर्टर्स क्वलवमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष यादवले आर्थिक अनियमितता गरेको भन्दै तत्कार कारवाहीेको माग गरेका हुन् ।
३ नम्बर वडाका वडाध्यक्ष रामप्रवेश साहले यादवमाथि कारवाही नगरिए अख्तियार गुहार्ने चेतावनी दिएका छन् । त्यसैगरि ५ नम्बर वडाका वडाध्यक्ष श्यामबाबाु रायले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट समेत आफ्ना आसेपासेलाई बाँडेर हिनामिना गरेको आरोप लगाएका छन् । साथै वडा तहको योजना पनि सार्वजनिक नगरेर वडाध्यक्षहरुमाथि अन्याय गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्षले विभिन्न योजनाहरुमा सार्वजनिक खरिद ऐनको कार्यन्वयन नगरि मनपरि ढंगले कामकारवाही चलाएको आरोप लगाइएको छ । आफुहरुको पटकपटकको अनुरोधलाई नसुनेपछि वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनिहरुको भनाई छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आफ्ना आसेपासेलाई मात्र रोजगार दिएको आरोप गाउँपालिका अध्यक्षमाथि लगाइएको छ । गाउँपालिकाभरिमा समानुपातिक ढंंगबाट कार्यक्रममा सहभागी नगराई आफन्त र नातागोतालाई मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको र अत्यन्तै कमजोर आर्थिक हैसियत भएका मानिसहरुलाई रोजगार कार्यक्रमको प्रत्याभुत समेत नगराइएको उनिहरुले आरोप लगाएका छन् ।
गाउँपालिका अध्यक्षलाई कारवाहीको दायरामा नल्याइए आफुहरु न्यायिक बाटो रोज्न वाध्य हुने चेतावनी दिएका छन् ।