सिन्धुपाल्चोकमा नक्कली भ्याट बिल बनाएर बालुवा तस्करी धन्दा, सिडिओकै संरक्षण !

दियो पोस्ट  

सिन्धुपाल्चोक, १९ भदौ । सिन्धुपाल्चोकको बलेफी, भोटेकोसी, सुनकोसीको सुकुटे र इन्द्रवतीका विभिन्न क्षेत्रमा अवैध रुपमा बालुवा तस्करी हुने गरेको पाइएको छ ।


हरेक बर्ष असारदेखि भदौ महिनासम्म नदीबाट बालुवा र ढुंगागिट्टी या अन्य उत्खनन् नपाउने सरकारले नै बनाएको मापदण्ड विपरित एउटा समुहले अवैध रुपमा बालुवा तस्करी गर्दै आएको पाइएको हो ।

मापदण्ड विपरित बालुवा निकालेको पाइएएमा कैद र जरिवानासमेत गराउने र निकाल्न प्रयोग हुने मेसिन, स्काभेटर,डोजर,या अन्य कुनै पनि उत्खननको लागि प्रयोग गरिने औजार जफत गर्ने कानुनी व्यवस्था छ ।

तर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीकै मिलेमतोमा इन्द्रावतीका विभिन्न स्थानमा एक समुहले बालुवा तस्करी र नक्कली भ्याट बिल प्रयोग गरेर लाखौँ राजश्व समेत छल्ने गरेको पाइएको छ । बिक्री गरेको बालुवाको नक्कली भ्याट बिलमार्फत् काठमाडौं तस्करी गर्ने गरेको पाइएको हो । सिन्धुपाल्चोककै नेकपाका नेताहरुको मिलेमतोमा बालुवा तस्करहरुले नक्कली भ्याटबिल देखाएर धन्दा चलाउँदै आएका छन् ।


अवैध रुपमा बालुवा निकाल्ने यो समूहले राजस्वसमेत छलि गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकैपटक २८ वटा टिपर नियन्त्रणमा लिएपछि अवैध बालुवा चोरी गरि निकाल्ने रहस्य खुलेको हो ।

नेकपाकै नेताहरु समलग्न भएको पाइएपछि नियामक निकाय जिल्ला समन्वय समिति समेत मौन छ । तस्करीको बालुवा राजधानी लैजाने क्रममा विकास भनिने कृष्ण श्रेष्ठले नक्कली भ्याटबिल बनाएर प्रति टिप्पर एक हजार रुपैयाँ असुली गरेको समेत पाइएको छ ।


टिप्पर व्यावसायीका अनुसार प्रहरी चेकजाँचबाट जोगिन विकास श्रेष्ठ सप्लायर्सले नक्कली भ्याट बिल दिने गरेको पाइएको हो । यद्धपी उनको नाममा रहेको कम्पनि भ्याटमा भने दर्ता रहेको देखिन्छ । तर, एउटै ठाउँबाट सप्लाइ गरेको बालुवामा फरक फरक शुल्क राखेको पाइएको छ ।
नेकपाका नेताहरुले नक्कली भ्याटबिलमा परेका बालुवा तस्करहरुको टिफरलाई छुटाउन दबाव दिएका छन् ।

प्रहरीले बालुवा बोकेर राजधानी जादै गरेको टिप्परको भ्याटबिल चेक जाँच गर्ने क्रममा यसरी राजश्व छली गरेको पाएको हो । उनीहरुले फरक–फरक भ्याट बिल काटेर काठमाडौ पठाउने गरेका थिए । प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक–फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो ।


कन्पनि रजिष्टार कार्यालयमा उनको कम्पनिको नाम विकास श्रेष्ठ निर्माण सेवा एण्ड सप्लायर्स उल्लेख छ । तर, टिफर चालकहरुलाई भने उनले विकास सप्लायर्स नाम गरेको अर्कै कम्पनिको भ्याटबिल दिएर राजश्व छली गरेको पाइएको छ ।


भ्याट बिल भने निर्माण सेवाकै राखेर कम्पनिको नाम नै फरक राखेर टिफर चालकलाई दिएका छन् । यसले उनले नक्कली भ्याट बिल बनाएको पुष्टि हुन्छ । नियन्त्रणका लिएको टिप्पर प्रहरीकै नियन्त्रणमा छ । नेकपाका नेता माधव सापकोटा सुवोधले उनलाई उन्मुक्ति दिनका लागि पहल गरेको स्रोत बताउँछ ।

पूर्व सांसद सुभाष कर्माचार्यले पनि प्रशासनलाई अनावश्यक दबाव दिएको गुनासो आएको छ ।
भ्याट बिल नक्कली भएको प्रमाणित भए राजश्व अनुसन्धान विभागले कारबाही गर्छ । तर, प्रहरी भने जिल्ला समन्वय समितिलाई देखाएर उन्मुक्ति दिने कोशिस गरिरहेको छ । जबकी प्रहरीले बरामद गर्ने वित्तिकै राजश्व अनुसन्धान विभागमा थप मुद्दा चलाउनका लागि पठाउनुपर्ने हो । टिफर नै नियन्त्रणमा आएपछि नक्कली भ्याट बिल दिने विकास भने फरार रहेका छन् ।


दुई महिनादेखि जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला प्रशासन कार्यालयलाई यो बारेमा जानकारी भए पनि मौन बसेको स्थानीयहरुको आरोप छ । सेटिङमा निकालिएको तस्करिको बालुवा सप्लाई गर्दा नक्कली भ्याटबिल प्रयोग गर्दै राजस्व छलि गर्ने श्रेष्ठको खोजी प्रहरीले खोजी तीव्र पारेको छ ।

रातभर नदि बगरबाट निकालिएको बालुवा सप्लाइ गर्न तस्कर समूहले विभिन्न खाले नक्कली भ्याट बिल प्रयोग गरेपछि सिन्धुपाल्चोक प्रहरीले बालुवा सप्लायर्सलाई कुनै पनि बिल नकाट्न भन्दै जानकारी गराएको थियो ।

TATA ADD