काठमाडौं, २१ भदौ । अति प्रज्वलनशिल पदार्थ डिजेल बोकेको ट्यांकर काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा दुर्घटना परेको छ ।
आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो। रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको बताइएको छ ।दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्।