काठमाडौं, २१ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङकी ६५ वर्षिय र झापाकी ४५ वर्षिय महिलाको निधन भएको छ ।
त्यस्तै पुरुषहरुमा मोरङको ६५ वर्षिय, पर्साको ७५ वर्षिय, धनुषाको ३५ वर्षिय, काठमाडौंका ७४, ६८ र ८५ वर्षिय रहेका छन् । चितवनका ७० वर्षिय पुरुषको समेत कोरोना संक्रमणबाट निधन भएको छ ।