जात व्यवस्था उन्मुलन मोर्चाको बागमती प्रदेश समिति गठन

दियो पोस्ट  

काठमाडौं, २३ भदौ । जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’को ’बागमती प्रदेश समिति’ आज पुनर्गठन गरिएको छ । भर्चुअल माध्यम जुममा आयोजित भेलाले छत्र लाखेको संयोजकत्वमा समिति पुनर्गठन गरेको हो । ३१ सदस्यीय समितिमा बाँकी सदस्य पछि थपिने छ ।


‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘बागमती प्रदेश समिति’ गठन भएको छ । लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले पार्टीका छत्र लाखेको संयोजकत्वमा समिति गठन गरेको हो ।


३१ सदस्यीय समितिमा ५ जना पछि थपिने गरि अहिले २६ जनाको समिति गठन गरिएको समितिका संयोजक छत्र लाखेले जानकारी दिए ।


जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी महिला संगठनकी संयोजक धनकुमारी सुनार, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको बागमती प्रदेश संयोजक नविन रिमालल, जात व्यवस्था उन्मुलन मोर्चा नेपालको बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्मागायतको उपस्थितीमा भेला सम्पन्न भएको हो ।

TATA ADD