आज थपिए १ हजार ८१ जना कोरोना संक्रमित, कुन जिल्लामा कति (विवरणसहित)

दियो पोस्ट  

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।


यस्तो छ जिल्लागत विवरण

सम्बन्धित खबर