फेरि ७ दिन निषेधाज्ञा थपियो : केही खुकुलो बन्यो, के–के खुल्ने ?[आदेशसहित]

दियो पोस्ट  

काठमाडौं, २४ भदौ । उपत्यकाका ३ जिल्लामा भोलीदेखि निषेधाज्ञा केही मात्रामा खुकुलो भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ निषेधाज्ञा अनुसार भोलीदेखि १६ सिट क्षमता भएका सवारी साधन, ट्याक्सी, निजि सवारी साधन चल्ने छन् ।


प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारी गरिएको आदेश अनुसार भोलीदेखि फूटपाथमा फलफूल तरकारी, ठेलागाडासम्म खुल्ने छन् । खाद्यान्न तथा फलफूल पसल भने बार अनुसार चल्नेछन् । त्यस्तै काठमाडौंमा सपिङ मल, फेन्सी स्टोर, जुत्ता पसल लगायत भने सोमबार बुधबार र शनिबार खुल्नेछन् ।


यस्तो छ निषेधाज्ञा आदेश

सिफारिस