रसायनिक मलमा कालोबजारी गर्ने सहकारी विरुद्ध उजुरी दिन साल्ट ट्रेडिङको आह्वान !

दियो पोस्ट  

काठमाडौं, २५ भदौ । कृषकलाई अनुदानमा रसायनिक मल उपलब्ध गराउँदै आएको साल्ट टे«डिङ कर्पोरेशनले सहकारी विक्री गर्दा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


नेपाल सरकारको आग्रहमा आफूहरुले लागत सहभागीताको आधारमा किसानहरुलाई अनुदानमा रसायनिक मल उपलब्ध गराउँदै आएको र उक्त मल आयात गरी सहकारी संस्था मार्फत निर्दिष्ठ प्रक्रिया अनुरुप किसानहरुलाई उपलब्ध गराएको बताएको छ । तर, यहीबीच केही सहकारीले कालोबजारी गरेर महँगोमा रसायनिक मल विक्री गरेको खुलेको थियो ।


साल्ट्र ट्रेडिङ कर्पोरेशनका अनुसार सहकारी संस्थाहरले कर्पोरेशनको सम्बन्धित कार्यालयबाट रसायनिक मल खरिद गर्दा लागेको खरिद मुल्य (डिलर कमिशन) र कर्पोरेशनको कार्यालय रहेको स्थान देखि डिलरसम्मको ढुवानी भाडा सम्बन्धित निकायले तोके अनुसारकै खर्च जोडि हुन आउने विक्री मुल्य किसानको जानकारीमा आउनेगरी विक्री स्तलमा टाँस गर्नुपर्छ ।

तर, सहकारी संस्थाहरुले उक्त व्यवस्थाको प्रतिकुल हुनेगरि गतिविधि गरेको र अनुदानको रसायनिक मलमा कालोबजारी गरेको सार्वजनिक भइरहेका छन् । कर्पारेशनले यदि त्यस्तो भएको प्रमाणसहित उजुरी गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित खबर