काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो।
अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालका अनुसार पर्सीदेखि होटल तथा टे«किङ व्यवसाय सूचारु हुने निर्णय गरेको हो।
होटल तथा टे«किङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।