काठमाडौं : काठमाडौं ब्युझाउने गरी भएको भूकम्प क्षमतामाा ४.९ म्याग्नेच्युड अथौत ५.४ रेक्टर स्केल रहेको छ। भूकम्पको केन्द्रविन्दु भने सिन्धुपाल्चोक रहेको इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनले जनाएको छ।
बुधबार विहानको भूकम्प मापनलाई लिएर विभिन्न विवरण आएका छन् । युएसजिएसले ५.३ रेक्टर स्केल भनेको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ रेक्टर स्केलको भनेको छ ।
केन्द्रको आधिकारिक वेभसाइट समेत डाउन भएको देखिन्छ ।
२०७२ साल वैशाख १२ मा गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भएका भूकम्पले ठूलो क्षति बेहोरेको थियो ।