काठमाडौं, ३१ भदौ । नेपालमा अबैध रुपमा नेटवर्किङ व्यावसाय गर्ने भारतीय एक कम्पनि कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतको बैंगलोरमा मख्यालाय रहेको इन्दसभिभा हेल्थसाइन्स प्रालीलाई शिल गरेको हो ।
ललितपुरमा कार्यालय रहेको यो कम्पनिबाट अवैध रुपमा नेटवर्किङ व्यावसाय गरेको अभियोगमा उजुरी परेपछि कारबाही स्वरुप शिल गरिएको र २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन भनिएको विभागका एक अधिकारीले दियोपोस्टलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार कम्पनिका एक प्रतिधिलाई विभागकै निर्देशनमा प्रहरी हिरासतमा राखिएको छ । ललितपुर प्रहरीले भारतीय नागरिकलाई हिरासतमा राखेको हो । विभागका अधिकारीका अनुसार इन्दस भिभामा नेटवर्किङको शंकाष्पद कारोबार गरिएको थियो ।
विभागका अनुसार ललितपुरमा बाहिर भने पशुपति भिभाको बोर्ड राखिएको थियो । नेपालमा इन्दस भिभाको नामबाट नेपाली सुरुची यादवले अवैध नेटवर्किङ धन्दा चलाउँदै आएको खुलेको छ ।
विभागका अनुसार इन्दस भिभाका कर्मचारी लिभ डेनियललाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।