राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने वामदेव गौतमको प्रतिवद्धता

दियो पोस्ट  

काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेकपा उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

यसैबीच गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता जनाए ।

TATA ADD