वीरगन्ज, १ असोज । भातीय प्याज नेपालमा ल्याउन बन्द भएसँगै नेपालमा प्याजको कालोबजारी बढेको छ ।
व्यापारीहरुले स्कटमा राखेको प्याजलाई महँगोमा बेचेका छन् । वीरगन्ज प्रहरी भने आफै ग्राहक बनेर कालाबजारी व्यापारीकोमा पुग्न थालेको छ ।
दुई दिनदेखि प्याजको कृतिम अभाव देखाएर दोब्बर मूल्यमा प्याज बिक्री गर्ने एक जना व्यापारीलाई बारा प्रहरीले गरेको छ ।
प्रहरीले कलैया उपमहानगरपालिका–१ मा रहेको खुशी स्टोरका संचालक चन्दन साहलाई प्याजमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको हो ।
प्याजको कालोबजारी गरी बढी मूल्यमा बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरी नै ग्राहक बनेर पुगेको थियो । प्रहरीलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बेचेको थियो । ४३ रुपैयाँमा किनेर उनले अmभण्डै दोब्बर मुल्य लिएका थिए ।
बढी मूल्यमा प्याज बिक्री गरेपछि प्रहरीले साहलाई पक्राउ गर्नुका साथै उक्त स्टोरबाट १८ वटा बोरामा रहेको ४ क्वीन्टल ५८ किलो प्याज बरामद गरेको छ।
पक्राउ परेका साहविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।