आइतबारका लागि सर्‍यो नेकपा सचिवालय बैठक

दियो पोस्ट  

काठमाडौं, २ असोज । । शुक्रबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बताए।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो।