कालिमाटी प्रहरीको लापरबाही : चोरी मुद्दामा पक्राउ परेका ४ थुनुवा हतकडीसहित फरार !
https://www.diyopost.com/09/82611/
काठमाडौं, २ असोज ।महानगरीय प्रहरी बृत कालिमाटीबाट ४ जना थुनुवा फरार भएका छन् ।
प्रहरीकै लापरबाहीबाट चोरी मुद्दामा पक्राउ परेका उनीहरु हतकडी सहित फरार भएका हुन् ।
फरार हुनेहरुमा अनिल जैसवाल, सुजित गुप्ता, आसु जैसवाल र रविन्द्र जैसवाल रहेका छन् ।
उनीहरु मध्ये २ जना हत्कडी सहित फरार भएको प्रहरी स्रोतले जनाएको छ ।
यस विषयमा प्रतिक्रिया लिन महानगरीय प्रहरी बृत कालिमाटीका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी अपिलराज बोहोरालाई पटक पटक फोन गर्दा पनि उठाएनन् ।