दियोपोष्ट संवाददाता
धादिङ, २ असोज । धादिङको सिद्धलेक गाँउपालिकाका एक कर्मचारीले स्थानियबासीको घरमा मध्यरातमा प्रवेश गरि चोरी गरेको आरोप लागेको छ ।
गत शुक्रबार गाँउपालिकाको कार्यालय सहयोगी पदमा कार्यरत् भोज बहादुर भुजेल दिनभर गाँउपालिकामा ड्युटी गरेपछि रात्रीकालिन ड्युटीका लािगि समेत कार्यालयमै प्रवेश गरेका थिए । उनले सोहि दिन गाँउपालिका कार्यालय नजिकै एक सामान्य होटल संचालकको पारिवारिक सदस्यको मनाए । जन्मदिनमा उनले मदिरा समेत पिए ।
भुजेलसंग स्थानिय २ जना युवाहरु समेत थिए । उनीहरुले सोहि दिन राती २ बजेसम्म गाँउपालिका गेट भित्रै होहल्ला गर्दै बसीरहेको स्थानियहरु बताउँछन् ।
यता सोहि दिन गाँउपालिका कार्यालय नजिकै रहेको स्थानिय नवराज बोगटीको घरको झ्याल, ढोका फुटाएको थियो । चोरले उनको घरको अरिगांलको गोलो मात्र चोरी गरेको थियो । यद्धपी नवराजको घरको अन्य धनमाल भने चोरी भएको छैन । सोहि बिषयमा नवराजले गाँउपालिका अध्यक्ष, उपाध्यक्ष सहित स्थानिय प्रहरी चौकिमा समेत उजुरी दिएका छन् ।
गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले भने सोधपुछ र सहमतीका लागी भन्दै गाँउपालिकामा बोलाएको र उल्टै गाँउपालिकामा कार्यरत् कर्मचारी भुजेलकै पक्षमा बोलेको र आफुलाई अन्यायमा पारेको पिडीत बोगटीले दियोपोस्टसाग गुनासो गरेका छन् ।
“गाँउपालिका अध्यक्षले मेरो घरमा अरिगांल चोरी गरेको बिषयमा प्रमाण के छ, प्रमाण जुटाउनुहोस् भन्दै हप्काउनु भो, कुरो अरिगंल चोरेको भन्दापनि गाँउपालिकामा कार्यरत् कर्मचारीको भुमिका र उनको गतिबिधीको जानकारी गराँए, तर उहाँले वास्तै गर्नु भएन” पिडित बोगटीले भने ।
आफूले पहिलेदेखिनै कार्यालय सहयोगी भुजेलको गतिबिधिवारे गाँउपालिकामा जानकारी गराउने गरेपनि हालसम्म उनीमाथी कुनै कार्वाहि नगरेको उल्टै अध्यक्षकै संरक्षणमा आफ्नो घरमा चोरी भएको उनको आरोप छ ।
बोगटीका अनुसार, गाँउपालिकामा रहेका २ जना कार्यालय सहयोगी मध्ये भोज बहादुर गाँउपालिकामा बसेका दिन गाँउमा केहि न केहि चिज हराउने गरेको छ । त्यस्तै प्रत्येक रात गाँउपालिकामा ३÷४ जनाको समुहमा मदिरा पार्टी गर्ने र होहल्ला हुने गरेको छ ।
तर गाँउपालिकामा पटक पटक यो बिषयमा जानकारी गराँउदा पनि कुनै सुनुवाई नभएको उनी बताँउछन् । “जस्ता माँउ उस्तै चल्ला” मेरो घरको घटनाले, यो उखान सिद्धलेक गाँउपालिकामा चरितार्थ भएको छ । जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुम्म छन्, कर्मचारी चोरीमा सम्लग्न छन् । बोगटीले गुनासो गरे ।
त्यसो त गाउँपालिकाका हाकिम धनेश्वर पौडेल भने गाउँपालिकाको ठेक्का पाउने ठेकेदारबाट गिटि बालुवा ओसारेर काठमाडौंमा घर बनाइरहेका छन् ।