राष्ट्रिय युवा संघ नेपालद्वारा सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत सहयोग

राष्ट्रिय युवा संघ नेपालद्वारा सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत सहयोग

काठमाडौं, ६ असोज । राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत वितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोट दीपशिखाको नेतृत्वमा गएको टोलीले बाह्रविसे नगरपालिका ७ नागपुजेका पिडितलाई राहत वितरण गरेको हो ।

राहत वितरण गर्दै राष्ट्रिय युवा संघका संयोजक दीपशिखाले पहिरोबाट पूर्ण रुपमा क्षति भएका १६ घर पुर्निमाणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संघले स्थानीय जनप्रतिनिधिको रोहबरमा १८१ बोरा चामल, १९० लिटर तेल, २०० केजि दाल र ८० केजि नुन हस्तान्तरण गरेको छ ।

गत भाद्र २८ गते राति आएको पहिरोले नागपुजेका २८ घर पुरिदा १६ जनाको मृत्यु भएको थियो भने १५ वेपत्ता भएका थिए ।

Trending News