थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि !

दियो पोस्ट  

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ। देशभर ७ हजार ७ सय ३५ जना क्वारेन्टिनमा छन्।

सम्बन्धित खबर

ट्रेन्डिङ